Contact Form

Name

Email *

Message *

Tuesday, July 5, 2022

चट्याङले एक जना युवाको निधन

२०७९ असार २२ गते बुधबार ।

सुन्दरपुर। उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक जना युवाको निधन भएको छ । चौदण्डीगढी नगरपालिका–५ सिवाईका २६ वर्षीय रोशन चौधरीको निधन भएको हो ।

चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थियो । चौधरीको शव नगर अस्पताल बेल्टारमा पोष्टमार्टम गरि परिवारले बुझाउने प्रहरीले जनाएको छ ।


1 comment:

  1. हार्दिक श्रद्धाञ्जली 😥 वाहकाे बैकनठबाश हाेस साेकाकुल परिवार जनमा धेरय धारण गरने शक्ति मिलाेस

    ReplyDelete

नगर प्रमुख लामा द्वारा शिलान्यास गरिएको छ ।

  मिति २०८१ माघ १७ गते बिहिवार । गाईघाट-फत्तेपुर सडक खण्ड अन्तर्गत सिवाई सुन्दरपुरमा कालोपत्रेको लागि  चौदणडीगढी नगरपालिका वडा न. ५ का वडा अ...