२०७९ असार २२ गते बुधबार ।
सुन्दरपुर। उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक जना युवाको निधन भएको छ । चौदण्डीगढी नगरपालिका–५ सिवाईका २६ वर्षीय रोशन चौधरीको निधन भएको हो ।
चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थियो । चौधरीको शव नगर अस्पताल बेल्टारमा पोष्टमार्टम गरि परिवारले बुझाउने प्रहरीले जनाएको छ ।
हार्दिक श्रद्धाञ्जली 😥 वाहकाे बैकनठबाश हाेस साेकाकुल परिवार जनमा धेरय धारण गरने शक्ति मिलाेस
ReplyDelete