मिति : २०७९ भदौ ०६ गते सोमबार ।
सुन्दरपुर खबर ।- नेपाल विद्यालय कर्मचारी परिषद द्वारा देश भरका सामुदायिक विद्यालयका लेखापाल र कार्यालय सहयोगी सहित काठमान्डौको माईतिघर मण्डलमा तलब वृद्धि तथा पेशागत हकहित लागि भाद्र १ गते देखि आफनो माग पूरा न भए सम्म आन्दोलन जारिनै रहने नेपाल विद्यालय कर्मचारी संघको सदस्य श्री बिमल बिष्ट ज्युले जानकारी दिनु भएको छ ।
प्रेस बिज्ञप्ति |
एकै विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता वृद्धि हुदा सोही बिद्यालयको कर्मचारी लेखापाल, कार्यालय सहयोगीको तलब भत्ता वृद्धि नहुनु, आधारभुत सेवा सुबिधाका लागि गरिएको प्रयासको सम्बोधन नहुनु दुर्भाग्यपूर्ण अवस्थामा नेपाल बिद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको आव्हानमा तत्काल आन्दोलन अघि बढाई माग पूरा नहुन जेल सम्म देश भरिको कर्मचारीहरुको पुर्ण समर्थ तथा उपस्थिति रहेको छ ।
नेपाल सामुदायिक बिद्यालयका कर्मचारीहरु द्वारा सुरु गरिएको धर्ना कार्यक्रम सहितको आन्दोलनले आज ६ दिन बिति सक्दा पनि सरकारले कुनै पनि सुनवाई नभएको हुनाले परिषद्ले ८ गतेसम्म माइतीघरमा धर्ना कार्यक्रम यथावत् राख्ने, ९ गते खुलामञ्चदेखि माइतीघर मण्डलसम्म र्यालीसहित प्रदर्शन गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने र १९ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने ने.बि.क.प. केन्द्रिय अध्यक्ष गंगा तिवारीले बताउनु भएको छ ।
No comments:
Post a Comment