मिति २०७९ असार १८ गते शनिबार । सुन्दरपुर ।- बसहा ब्याडमिन्टन क्लब चौदण्डीगढी न.पा. ४ को आयोजनामा ५ औ मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सनिल चौधरी र बिनय चौधरी को जोडि प्रथम भएको छ ।
बसहा ब्याडमिन्टन क्लबका अध्यक्षको सभापतित्वमा भएको समापन कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख अनुउपस्थितिमा वडा न. ४ का वडा अध्यक्ष लुङ्गराज राई प्रमुख अतिथि हुनुहुन्थ्यो भने नगर खेलकुदका अध्यक्ष नन्दुराम मगर बिशिस्ट अतिथि हुनुहुन्थ्यो।
आज सम्पन्न बसहा ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिताको हुमेन सिङ्गल तर्फ बिकिता आचार्य र निताशा मगर तृतीय भएको थियो भने परिश राणा मगर द्वितीय हुदा , रोजि राई प्रथम भएको थियो ।
सुपर भेट्रान्स डवल तर्फ जय कुमार राई र नवराज राईको जोडी तथा राज कुमार राई र प्रशुराम राईको जोडी तृतीय भएको थियो भने नारायण तामाङ र प्रेम रायमाझीको जोडी द्वितीय हुदा, तेज बहादुर पोखरेल र महाप्रसद राईको जोडी प्रथम भएको थियो।
भेट्रान्स डवल तर्फ कमल राई र नयन कुमार राईको जोडी तथा अभिनाश राई र डम्बर बिस्वकर्माको जोडी तृतीय भएको थियो भने बबिन्द्र राई र सहदेव राईको जोडी द्वितीय हुदा, देबिराज राई र बालकृष्ण कार्किको जोडी प्रथम भएको थियो।
मेन्स डवल तर्फ जयराम राई र रोहन मोतेको जोडी तथा भेष बहादुर मगर र केनिश मगरको जोडी तृतीय भएको थियो भने विशाल राई र मिलन राईको जोडी द्वितीय हुदा, सनिल चौधरी र बिनय चौधरीको जोडी प्रथम भएको थियो।
हुमेन्स सिङगल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस ५ हजार, ४ हजार र ३ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो। सुपर भेट्रान्स डबल तर्फका प्रथम द्वितीय र तृतीयलाई क्रमस १० हजार, ५ हजार र ६ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो भने भेट्रान्स डबल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस १० हजार, ५ हजार र ६ हजार सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो भने मेन्स डवल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस १२ हजार, ६ हजार र ४ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो।
२ दिन सम्म संचालित यस प्रतियोगीताको उद्घाटन खेल तथा समापन खेल चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित समावेशी खेल मैदानको कवर्ड हलमा भएको थियो ।
यस प्रतियोगिताको लागि चौदण्डीगढी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको समेत आयोजकले जानकारी दिएको छ।
Nice 👍
ReplyDelete