Contact Form

Name

Email *

Message *

Thursday, January 30, 2025

नगर प्रमुख लामा द्वारा शिलान्यास गरिएको छ ।

 


मिति २०८१ माघ १७ गते बिहिवार ।

गाईघाट-फत्तेपुर सडक खण्ड अन्तर्गत सिवाई सुन्दरपुरमा कालोपत्रेको लागि  चौदणडीगढी नगरपालिका वडा न. ५ का वडा अध्यक्ष  श्री तुलसीराम  ढकाल ज्यु को अध्यक्षतामा उपस्थिति भएको शिलान्यास कार्यक्रममा  प्रमुख अतिथीमा चौदण्डीगढी नगरपालिका मेयर श्री कालुमान लामा ज्यु र विशेष अतिथीमा चौदण्डीगढी नगरपालिका संस्थापक मेयर श्री खगेन्द्र राई ज्युले संयुक्त रुपमा सिलन्यास गर्नु भएको थियो । 


अतिथिमा पुर्व वडा अध्यक्ष देव नारायण चौधरी, नेकापा एमाले वडा कमिटीको अध्यक्ष डिल्लीशेर राई, ब्यवसाय तथा समाजसेवि देबि प्रसाद बस्नेत, समाजसेवी नारायण प्रसाद चौधरी, राजनैतिक दलका प्रतिनिधि, टोल बिकास पदाधिकारी, समाजसेवी बुद्धिजीवी र टोल बासिहरुको समुहिक उपस्थिति रहेको थियो ।


गाईघाट-फत्तेपुर सडक खण्ड अन्तर्गत सिवाई सुन्दरपुर नेपाल सरकारले १ करोड रुपैयाँ बिनियोजन गरे पनि १८ प्रतिशत बिलोमा खोलिएको टेन्डर  धन लक्ष्मी निर्माण सेवाको प्रो. भुवन खड्काले रु. ६७,१९,२८०/- (VAT & PS बाहेक)  ठेक्का पारेको छन । योजना सम्झौता २०८१ पौष १९ गते देखि २०८२ जेठ ३० गते सम्म योजन सम्पन्न गर्ने रहेको छ ।  जस मध्ये पुर्वमा बडेरुवा खोला देखि पश्चिममा घेरखोला सम्म लगभग ९ सय मिटर लम्बाई  ५ मिटरको चौडाई हुने  गरि सडक कालोपत्रे गर्ने भनी धन लक्ष्मी निर्माण सेवाको प्रो. भुवन खड्काले जानकारी दिनु भएको छ । 

#sudarpurkhabar   #sundarpurnepal   #Sundarpu

No comments:

Post a Comment

नगर प्रमुख लामा द्वारा शिलान्यास गरिएको छ ।

  मिति २०८१ माघ १७ गते बिहिवार । गाईघाट-फत्तेपुर सडक खण्ड अन्तर्गत सिवाई सुन्दरपुरमा कालोपत्रेको लागि  चौदणडीगढी नगरपालिका वडा न. ५ का वडा अ...