Contact Form

Name

Email *

Message *

Sunday, June 12, 2022

बिराटनगर बाट उदयपुरको जोगिदह आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटना

मिति : २०७९ जेष्ठ २९ गते 

सुन्दरपुर खबर । बिराटनगर बाट उदयपुरको जोगिदह आउँदै गरेको ना. ३ ख २८८१ नम्बरको दुधकोशी यातायात  बस चौदण्डिगढी न.पा. ५ सुन्दरपुर  स्थिति अन्दाजी ५:३० बजे दुर्घटना भएको छ ।

खाल्टा खुल्टिमा जमेको पानी जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको यात्रुहरुको भनाई रहेको छ । बस पल्टिंदा केही यात्रुहरु हताहत भएकाले सामान्य चोटपटक भएका यात्रुलाई स्वास्थ्य चौकी सुन्दरपुरमा   र  २ जना घाइते हुने  यात्रुहरुलाई फत्तेपुर स्थित मोडेल हस्पिटलमा उपचार गर्न लगिएको एम्बुलेन्स चालकले जानकारि दिनु भएको छ । ईलाका प्रहरी कार्यालय सिवाई बाट खटिएका प्रहरी तथा स्थानिए बासी हरुको सहयोगमा यात्रीहरुको उद्वार गरिएको थियो । 

बसका यात्रुहारुलाई उद्वार गरेको केही समयमा जेसिबि बोलाई स-कुशल बस दुर्घटना भएको स्थान बाट निकालिएको छ । बस पल्टिएर यात्रुलाई असंखा भएको ठाँउमा केही नरहेको स्थानीयहरुको भनाई रहेको छ । फोटो सहित ...






No comments:

Post a Comment

नगर प्रमुख लामा द्वारा शिलान्यास गरिएको छ ।

  मिति २०८१ माघ १७ गते बिहिवार । गाईघाट-फत्तेपुर सडक खण्ड अन्तर्गत सिवाई सुन्दरपुरमा कालोपत्रेको लागि  चौदणडीगढी नगरपालिका वडा न. ५ का वडा अ...