Contact Form

Name

Email *

Message *

Friday, July 14, 2023

सम्बन्धित निकाय संग थप सहयोग माग्ने : वडा अध्यक्ष तुलसीराम ढकाल

 


मिति २०८० असर २९ गते शुक्रबार।

सुन्दरपुर खबर । चौदण्डीगढी नगरपालिका वडा न. ५ सिवाईमा असारको २८ र २९ गते आएको बर्षाको कारण  विभिन्न खहरे खोलाहरुमा  बाढी आए मध्ये सिवाई खोला र डुङ्गा खोलामा बाध कटान गरेको छ ।

खोलामा  आएको बाढीले बाध कटान गरि छेउछाउ सयौं बिघा कृषि योग्य जमिन  कटान गरि सकेको र गाउँ मा नै बढी पसि गाउँ नै डुबान  भई मानवीय धनजनको क्षती समेत उच्च जोखिम हुन सक्ने चौदण्डीगढी न.पा. वडा न. ५ का वडा अध्यक्ष श्री तुलसीराम ढकाल ज्युले बताउनु भएको छ ।

चौदण्डीगढी न.पा.५ न. वडा कार्यालय सुन्दरपुरबाट सिवाई खोला नियन्त्रणको लागि तार जाली र  बोरा सहित खोलाले कटान गरिएको क्षेत्रमा वडा कार्यालयको आर्थिक सहयोग र शसस्त्र प्रहरी बल बेलटारको उपस्थितिमा काम भई रहेको छ । थप सहयोगको लागि नगरपालिका र सम्बन्धित निकाय  संग सहयोग माग्ने चौदण्डीगढी न.पा.५ का वडा अध्यक्ष तुलसीराम ढकाले बताउनु भएको छ ।

फोटोहरु :

सिवाई खोला कटान क्षेत्र 

डुङ्गा खोला कटान क्षेत्र 







शसस्त्र प्रहरी बलको टोलि बोरा भार्दै ।


Monday, August 22, 2022

आन्दोलन हप्ता दिन पुग्नै लाग्दा पनि सरकार मौन रहेपछि विद्यालय कर्मचारी परिषद् अझ आक्रामक बनेको छ ।

मिति : २०७९ भदौ ०६ गते सोमबार ।
सुन्दरपुर खबर ।- नेपाल विद्यालय  कर्मचारी परिषद द्वारा देश भरका सामुदायिक विद्यालयका लेखापाल र कार्यालय सहयोगी सहित काठमान्डौको माईतिघर मण्डलमा तलब वृद्धि तथा पेशागत हकहित लागि भाद्र १ गते देखि आफनो माग पूरा न भए सम्म आन्दोलन जारिनै रहने नेपाल विद्यालय कर्मचारी संघको सदस्य श्री  बिमल बिष्ट ज्युले जानकारी दिनु भएको छ ।
प्रेस बिज्ञप्ति

एकै विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता वृद्धि हुदा सोही  बिद्यालयको कर्मचारी लेखापाल, कार्यालय सहयोगीको तलब भत्ता वृद्धि नहुनु, आधारभुत सेवा सुबिधाका लागि गरिएको प्रयासको सम्बोधन नहुनु दुर्भाग्यपूर्ण अवस्थामा नेपाल बिद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको आव्हानमा तत्काल आन्दोलन अघि बढाई माग पूरा नहुन जेल सम्म देश भरिको कर्मचारीहरुको पुर्ण समर्थ तथा उपस्थिति रहेको छ । 


नेपाल सामुदायिक बिद्यालयका कर्मचारीहरु द्वारा सुरु गरिएको धर्ना कार्यक्रम सहितको आन्दोलनले आज ६ दिन बिति सक्दा पनि सरकारले कुनै पनि सुनवाई नभएको हुनाले परिषद्ले ८ गतेसम्म माइतीघरमा धर्ना कार्यक्रम यथावत् राख्ने, ९ गते खुलामञ्चदेखि माइतीघर मण्डलसम्म र्‍यालीसहित प्रदर्शन गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने र १९ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने ने.बि.क.प. केन्द्रिय अध्यक्ष गंगा तिवारीले बताउनु भएको छ ।      





Tuesday, July 5, 2022

चट्याङले एक जना युवाको निधन

२०७९ असार २२ गते बुधबार ।

सुन्दरपुर। उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक जना युवाको निधन भएको छ । चौदण्डीगढी नगरपालिका–५ सिवाईका २६ वर्षीय रोशन चौधरीको निधन भएको हो ।

चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थियो । चौधरीको शव नगर अस्पताल बेल्टारमा पोष्टमार्टम गरि परिवारले बुझाउने प्रहरीले जनाएको छ ।


Saturday, July 2, 2022

५ औ मेयर कप ब्याडमिन्टन प्रतियोगिता : चौधरीको जोडि प्रथम ।

मिति २०७९ असार १८ गते शनिबार ।                                            सुन्दरपुर ।- बसहा ब्याडमिन्टन क्लब चौदण्डीगढी न.पा. ४ को आयोजनामा ५ औ मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सनिल चौधरी र बिनय चौधरी को जोडि प्रथम भएको छ ।

बसहा ब्याडमिन्टन क्लबका अध्यक्षको सभापतित्वमा भएको समापन कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख अनुउपस्थितिमा वडा न. ४ का  वडा अध्यक्ष लुङ्गराज राई प्रमुख अतिथि हुनुहुन्थ्यो भने नगर खेलकुदका अध्यक्ष नन्दुराम मगर बिशिस्ट अतिथि हुनुहुन्थ्यो।                    
आज सम्पन्न बसहा ब्याडमिन्टन क्लब द्वारा संचालित पाचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिताको हुमेन सिङ्गल तर्फ बिकिता आचार्य र निताशा मगर तृतीय भएको थियो भने परिश राणा मगर द्वितीय हुदा , रोजि राई प्रथम भएको थियो ।                                                                       
सुपर भेट्रान्स डवल तर्फ जय कुमार राई र नवराज राईको जोडी तथा राज कुमार राई र प्रशुराम राईको जोडी तृतीय भएको थियो भने नारायण तामाङ  र प्रेम रायमाझीको जोडी द्वितीय हुदा, तेज बहादुर पोखरेल र महाप्रसद राईको जोडी प्रथम भएको थियो।                                         
भेट्रान्स डवल तर्फ कमल राई र नयन कुमार राईको जोडी तथा अभिनाश राई र डम्बर बिस्वकर्माको जोडी तृतीय भएको थियो भने बबिन्द्र राई र सहदेव राईको जोडी द्वितीय हुदा, देबिराज राई र बालकृष्ण कार्किको जोडी प्रथम भएको थियो।                                                                         
मेन्स डवल तर्फ जयराम राई र रोहन मोतेको जोडी तथा भेष बहादुर मगर र केनिश मगरको जोडी तृतीय भएको थियो भने विशाल राई र मिलन राईको जोडी द्वितीय हुदा, सनिल चौधरी  र बिनय चौधरीको जोडी प्रथम भएको थियो।
हुमेन्स सिङगल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस ५ हजार,  ४ हजार र ३ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो। सुपर भेट्रान्स डबल तर्फका प्रथम द्वितीय र तृतीयलाई क्रमस १० हजार, ५ हजार र ६ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो भने भेट्रान्स  डबल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस १० हजार, ५ हजार र ६ हजार सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो भने मेन्स डवल तर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमस १२ हजार, ६ हजार र ४ हजार नगद सहित मेडल तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो।
२ दिन सम्म संचालित यस प्रतियोगीताको उद्घाटन खेल तथा समापन खेल चौदण्डीगढी नगरपालिका ६ बेल्टार स्थित समावेशी खेल मैदानको कवर्ड हलमा भएको थियो ।
यस प्रतियोगिताको लागि चौदण्डीगढी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको समेत आयोजकले जानकारी दिएको छ।




 

Sunday, June 12, 2022

बिराटनगर बाट उदयपुरको जोगिदह आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटना

मिति : २०७९ जेष्ठ २९ गते 

सुन्दरपुर खबर । बिराटनगर बाट उदयपुरको जोगिदह आउँदै गरेको ना. ३ ख २८८१ नम्बरको दुधकोशी यातायात  बस चौदण्डिगढी न.पा. ५ सुन्दरपुर  स्थिति अन्दाजी ५:३० बजे दुर्घटना भएको छ ।

खाल्टा खुल्टिमा जमेको पानी जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको यात्रुहरुको भनाई रहेको छ । बस पल्टिंदा केही यात्रुहरु हताहत भएकाले सामान्य चोटपटक भएका यात्रुलाई स्वास्थ्य चौकी सुन्दरपुरमा   र  २ जना घाइते हुने  यात्रुहरुलाई फत्तेपुर स्थित मोडेल हस्पिटलमा उपचार गर्न लगिएको एम्बुलेन्स चालकले जानकारि दिनु भएको छ । ईलाका प्रहरी कार्यालय सिवाई बाट खटिएका प्रहरी तथा स्थानिए बासी हरुको सहयोगमा यात्रीहरुको उद्वार गरिएको थियो । 

बसका यात्रुहारुलाई उद्वार गरेको केही समयमा जेसिबि बोलाई स-कुशल बस दुर्घटना भएको स्थान बाट निकालिएको छ । बस पल्टिएर यात्रुलाई असंखा भएको ठाँउमा केही नरहेको स्थानीयहरुको भनाई रहेको छ । फोटो सहित ...






Tuesday, June 7, 2022

निर्वाचन आयोगले असार १ गतेदेखि नामावली दर्ता संचालन गर्ने निर्णय गरेको छ ।

२०७९ जेठ २५ गते बुधबार ।                                                निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिए लगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । २०७९ असार १ गतेदेखि नामावली दर्ता संचालन गर्ने निर्णय गरेको छ । अब जिल्ला बाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्ने तयारी गर्दै छ ।

प्रेस बिज्ञप्ति

सम्बन्धित निकाय संग थप सहयोग माग्ने : वडा अध्यक्ष तुलसीराम ढकाल

  मिति २०८० असर २९ गते शुक्रबार। सुन्दरपुर खबर । चौदण्डीगढी नगरपालिका वडा न. ५ सिवाईमा असारको २८ र २९ गते आएको बर्षाको कारण  विभिन्न खहरे खो...