Contact Form

Name

Email *

Message *

Thursday, May 12, 2022

देशभरका ७५३ वटा स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ ।

 


सुन्दरपुर  / भोलि शुक्रबार देशभरका ७५३ वटा स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ । यसका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । विभिन्न जिल्लामा रहेका मतदान केन्द्रबाट बुधबार देखि नै मतदाता परिचयपत्र वितरणको काम भइरहेको छ । कर्मचारीहरूले बिहीबारसम्म परिचयपत्र वितरणको काम सम्पन्न गर्ने आयोगले जनाएको छ ।

१ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनासँग मताधिकार रहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार नागरिकता लिएका र मतदाता नामावलीमा नाम भएका सबैलाई मतदान गर्ने व्यवस्था मिलाइने छ । आयोगका अनुसार १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन्।

No comments:

Post a Comment

नगर प्रमुख लामा द्वारा शिलान्यास गरिएको छ ।

  मिति २०८१ माघ १७ गते बिहिवार । गाईघाट-फत्तेपुर सडक खण्ड अन्तर्गत सिवाई सुन्दरपुरमा कालोपत्रेको लागि  चौदणडीगढी नगरपालिका वडा न. ५ का वडा अ...